Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

वन मन्त्रालयका ८ सहसचिवको सरुवा, कसको कहाँ भयो सरूवा ?


७ श्रावण, काठमाडाैँ । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?