Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
४ फाल्गुन २०८२, सोमबार
४ फाल्गुन २०८२, सोमबार

बस र ट्रक ठोक्किँदा छ जनाको मृत्यु, ५३ घाइते


७ श्रावण, एजेन्सी । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ५३ जना घाइते भएका स्थानीय महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार जनाएको छ ।

स्थानीय समयअनुसार बिहान १ः०० बजे ला पिडाड–भिस्टा हर्मोसा राजमार्ग अन्तर्गत युरेकुआरो शहर नजिकै दुर्घटना भएको कार्यालयले जनाएको छ ।

“बाजा क्यालिफोर्नियाको सान क्विन्टिनबाट ओक्साकातर्फ जाँदै गरेको एउटा यात्रुबाहक बसले किराना सामान बोकेका दुईवटा खाली बाकससहितको ट्याक्टरट्रेलरलाई ठक्कर दिँदा आगलागी भएको र आगलागीबाट जलेर बसमा यात्रारत व्यक्तिको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

दुवै सवारी साधनका चालकसहित छ जनाको मृत्यु भएको छ । मृतकको शव पहिचानका लागि फरेन्सिक सेन्टरमा लगिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?