Trending
>>   चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु >>   मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी >>   रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता >>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था


६ ,श्रावण ,भरतपुर । चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९/८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो ।

माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच/पाँच लाखको लागतमा सोे व्यवस्था गरिएको हो । वाल्मीकि क्षेत्रका सात ठाँउमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताए । उनका अनुसार महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको छ ।

यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो । वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन् । यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताए ।

उनले वाल्मीकि आश्रम नेपालकै महत्वपूर्ण एतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए ।उनले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताए । वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन ।

पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उनले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिए । चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन । आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताए ।

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकी, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको सरक्षण हुन नसकेको उनले बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?