Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित


५ ,श्रावण ,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा आज आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, मनिषाकुमारी साह, समीक्षा दङ्गाल र उद्धव शर्मा सम्मानित भएका छन् ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सन्ततिको व्यक्तित्व विकासमा अभिभावकको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । “विद्यार्थीको स्वेच्छा स्वतन्त्र रहनुपर्छ, जसको मार्गदर्शन अभिभावकले गर्नुपर्छ । आफ्ना सन्ततिको व्यक्तित्व विकासमा अभिभावकले उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ,” अध्यक्ष झाले बताए ।

पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले विद्यार्थीको सफलतालाई सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताउँदै उनीहरूलाई देशभित्रै आफ्नो भविष्य खोज्ने अवसर दिनुपर्छ भने । पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले अध्ययनमा जुन विषय लिए पनि असल बन्ने प्रयास गरेमा विद्यार्थीको भविष्य त्यसैमा उज्ज्वल हुने विश्वास व्यक्त गरे ।

राससका प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष एकराज पाठकले विद्यार्थीले आफ्नो इच्छाअनुरूप अध्ययनको विषय छनोट गर्दा सहजरूपमा सफलता प्राप्त गर्न सकिने बताए । विद्यार्थीको सफलताको पछाडि लुकेको बाबाआमाको योगदान विधार्थीले मनन् गर्नुपर्नेमा जोड दिँदै उनले इन्टरनेटको पहुँचले अध्यननमा ल्याएको सहजतालाई विद्यार्थीले उच्चतम सदुपयोग गर्नुपर्नेमा जोड गरे ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले विद्यार्थीले आफ्नो इच्छा, उद्देश्यअनुरुप आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय शाखा प्रमुख शरच्दचन्द्र भण्डारीलाई रु १० हजार नगदसहित रासस पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिएको थियो ।

शाखाको अधिवेशन २०७७ सालमा निर्वाचन सम्पन्न गराउनुभएका निर्वाचन कमिटीका संयोजक तथा नायब महाप्रबन्धक राजु शाक्य, प्रधानसम्पादक एकराज पाठक, निर्वाचन समितिका सदस्य दिलीप अधिकारी र कमलाकुमारी पौडेललाई सम्मान गरिएको थियो । शाखाले एक दशक अघिदेखि हरेक वर्ष सम्मान गर्दै आएकोमा अघिल्लो वर्ष कोरोनालगायत विभिन्न कारणले सो कार्यक्रम गर्न सकिएको थिएन ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?