Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

टिआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो


५ श्रावण, काठमाडाैँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले १५ दिन उपसमितिको म्याद थप गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप गरेको बताए ।

उनले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गरे ।

उनले भने, ‘‘समितिको आजको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ । जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न मान्य कानुनमन्त्रीज्युलाई समितिको आगामी बैठकमा आमन्त्रित गर्ने प्रस्ताव पेस गर्दछु ।’’

समितिले कानुनमन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त गरेका कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?