Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

राखेपका सदस्यसचिव घिसिङ र मन्सुरीबीच भेट


५ श्रावण, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ ।

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।

उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इरानका पूर्वमुख्य प्रशिक्षक सातौँ डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आइजेएफ)ले पठाएको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए ।

‘तत्कालका लागि उनी (मन्सुरी)लाई १९औँ एशियाली खेलकुदको तयारीमा केन्द्रित गराउने छौँ । थप कुरा एशियाली खेलकुदपछि हुनेछ’, अध्यक्ष वज्राचार्यले भने ।

हाङझाव एसियाडका लागि जुडोबाट चार पुरुष र चार महिला गरी आठ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुसीबुस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?