Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज


५ श्रावण, चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् ।

बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताए । उनले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताए । उनले सबै तहका सरकारको समन्वयमा नारायणी लिफ्ट सिँचाइ नयाँ पम्प जडान गरिएको जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार वर्ष लागेको बताइन् । उनले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिइन् । “नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ”, प्रमुख दाहालले भनिन्, “यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

महानगरपालिकाले पश्चिम चितवनको सात हजार बिघामा सिँचाइ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिँचाइ कार्यालयमार्फत सयौँ स्यालो र डिप बोरिङ जडान गरिएको उनले जानकारी दिइन् । महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर सिँचाइका काम गरिरहेको बताइन् ।

नारायणी लिफ्टमा रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ को लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्प फेरिएको छ ।  यो सिँचाइमार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भए पनि पानी छाडेपछि किसानले राहत महसुस गरेको बताए ।  विगतमा करिब पाँच हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ ।

 


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?