Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सुन तस्करी काण्ड : विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारी निलम्बित


५ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । करिब १ क्विन्टल सुनबारे छानबिन गर्न उनीहरूलाई विभागले निलम्बन गरेको हो ।

निलम्बित हुनेहरूमा  भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल रहेका छन् ।

बुधबार साँझ क्याथे प्यासिफिक एयरलाइन्सबाट ल्याइएको ठूलो परिमाणको सुन बरामद भएको थियो । उक्त सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान जारी  छ ।

त्यस्तै, भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले यस घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

चन्द र ढकाल सहित भन्सार एजेन्ट यादव पराजुली पनि निलम्बनमा परेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?