Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा


४ ,श्रावण ,काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ ।

नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ ।

यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् । यसैगरी क्रोसिया छैटाैँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौ तथा स्पेन दशाैँ स्थानमा छन ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?