Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ


४ ,श्रावण ,काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक हजार नौ सय ९५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । पक्राउ परेकालाई अदालतले एकसय ७६ वर्ष सात महिना ३० दिन कैद असुल गरेको छ ।

अदालतले पक्राउ परेका उनीहरुसँग रु १२ करोड ८७ लाख ९३ हजार एक सय ३८ जरिवना असुल गरेको प्रवक्ता रिजालले बताए । यस्तै, विभिन्न मितिमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

आव २०७९/८० मा काठमाडौँ प्रहरीमा मोबाइल हराएका १८ हजार एक सय १२ निवेदन परेको छ । जसमध्ये ११ हजार एक सय ४६ चोरी, पाँच हजार आठ सय २५ हराएको र एक हजार एक सय ४३ पाकेटमारी भएका छन् । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० मोबाइल फेला परेको प्रवक्ता रिजालले बताए ।

काठमाडौँ प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसम्बन्धी एक सय १६, रकम ठगी नौ सय ९७, वैदेशिक रोजगारी ठगी पाँच सय ४०, जग्गासम्बन्धी विवाद ४०, झैझगडा कुटपिट ६३ उजुरी परेका छन् ।

यसैगरी, घरेलु हिंसा १५, सहकारीसम्बन्धी ठगी ५०, अनलाइन ठगी ४०, चेकसम्बन्धी ठगी दुई सय ७६, सरसामान चोरी २१ र मोटरसाइकल चोरीका तीन निवेदन परेको छ । जम्मा परेका निवेदनमध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी एक हजार चार सय ९५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?