Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता


३ ,श्रावण ,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए ।

सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् ।

गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व सङ्कलन गरेको उनले बताए ।

सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ । यस्तै प्रशासनिक दण्ड जरिवानाबाट रु छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु चार लाख ४२ हजार तथा बेरुजुबापत रु नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?