Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

मत्स्यनारायण मन्दिरमा एक महिने मेला


३ ,श्रावण ,भक्तपुर । पुरुषोत्तम महिना (मलमास) सुरु भएसँगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ लागेको छ ।

तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिनामा मत्स्यनारायणको उक्त मेला सुरु भएको मन्दिरका संरक्षक गोकर्ण पुरीले जानकारी दिए । उनले भने, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुई पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

स–साना तीन नदीको सङ्गमस्थलमा रहेको उक्त मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको सो मन्दिर परिसरमा मलमासमा दर्शनार्थीको घुइँचो लाग्छ ।

यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने विश्वास गरिँदै आएको छ । एक महिनाभरिनै लाग्ने मेलाका लागि सहजरुपमा दर्शन एवं पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिँदै पुरीले मेलाबाहेक अन्य महिनामा पनि आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको बताए ।

यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्छ । बाला चर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गेर सदबिज छर्ने गरिन्छ । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गरिनेछ ।

मन्दिरसम्मको सडक कालोपत्र गर्न स्थानीयवासीले माग गरेका छन् । त्यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पूरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?