Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत


३ ,श्रावण ,काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन् ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ संशोधन–२०७९) को धारा २३ बमोजिम नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्धय दाहाल र झालाई सल्लाहकारमा मनोनीत गरेका हुन् ।

मनोनीत भएका दाहाल नेपाल प्रेस युनियनका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् ।

संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि दाहाल र झाको योगदान महत्वपूर्ण हुने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । नेपाल प्रेस युनियनको विधानमा सल्लाहकार मनोनयन गर्ने व्यवस्था रहेको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?