Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार


२ ,श्रावण ,काठमाडौँ । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।

उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?