Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

आजको मौसमः यी प्रदेशमा भइरहेको छ वर्षा


२ ,श्रावण ,काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।

दिउँसोतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । बितेको २४ घन्टामा सबैभन्दा बढी पोखरामा ८५ र काठमाडौँमा ७५ मिलीमिटर वर्षा भएको छ । भैरहवामा २८, धनगढीमा २७ र ओखलढुङ्गामा २६ मिलीमिटर वर्षा मापन गरिएको छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?