Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ


२ ,श्रावण ,काठमाडौँ । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका रानालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएको प्रवक्ता रायले बताए ।

पक्राउ रानालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?