Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
११ चैत्र २०८२, बुधबार
११ चैत्र २०८२, बुधबार

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प


३१ ,असार ,वासिङ्टन । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ । स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो ।

अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ । “उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो । सन् १९६४ को मार्चमा ९.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो । उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?