Trending
>>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ? >>   ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ >>   सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ >>   काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक >>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
Logo
१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड


३१,असार ,गोरखा । पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ ।

नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिइएको उनले बताए ।

“सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी दिइएको छ”, उनले भने, “यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रमाा थप सजिलो हुने विश्वास गरिएको छ ।”

धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको उनले बताए । “अहिले यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ”, अध्यक्ष गुरुङले भने, “बोर्ड राख्नका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट एक लाख बजेट प्राप्त भएको थियो ।”


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?