Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण


३०,असार ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा ‘राष्ट्र देवोः भव र वीर गोर्खाली अमर छ’ बोलका राष्ट्रिय गीतसमेत सार्वजनिक गरिएको छ ।

कृतिमा जीवनको अर्थ, औचित्य र यात्रा तथा अर्थनीतिजस्ता विषयवस्तु समेटिएका छन् । पुस्तकमा जीवनदेखि निराश भएका तथा जाँगर र जोशले भरिपूर्णयुवालाई प्रेरित गर्ने विषयवस्तु रहेको पुस्तकका समीक्षक सुदर्शन खतिवडा र डा नवराज लम्सालले बताए ।

सो अवसरमा सहभागी वक्ताले विधिको शासन, लोकतन्त्र र सुशासनका लागि लामो समयसम्म योगदान दिने त्यागी लेखक श्रेष्ठजस्ता योग्य व्यक्तिलाई राजनीतिक दलले उचित स्थान र जिम्मेवारी दिन कन्जुस्याइँ गरेको बताए ।

बालपन, किसुनजीको आमसभामा वामपन्थीको अवरोध, ट्र्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, चाक्सिबारीमा महासम्मेलन र जनआन्दोलन, नयाँ पुस्तामा नेतृत्व, यस्तै रहेछ राजनीतिसहित ३३ शीर्षकमा विभिन्न विषयवस्तु समेटिएको रु चार सय मूल्य राखिएको कृति दुई सय १६ पृष्ठको छ ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?