Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण


३०,असार ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा ‘राष्ट्र देवोः भव र वीर गोर्खाली अमर छ’ बोलका राष्ट्रिय गीतसमेत सार्वजनिक गरिएको छ ।

कृतिमा जीवनको अर्थ, औचित्य र यात्रा तथा अर्थनीतिजस्ता विषयवस्तु समेटिएका छन् । पुस्तकमा जीवनदेखि निराश भएका तथा जाँगर र जोशले भरिपूर्णयुवालाई प्रेरित गर्ने विषयवस्तु रहेको पुस्तकका समीक्षक सुदर्शन खतिवडा र डा नवराज लम्सालले बताए ।

सो अवसरमा सहभागी वक्ताले विधिको शासन, लोकतन्त्र र सुशासनका लागि लामो समयसम्म योगदान दिने त्यागी लेखक श्रेष्ठजस्ता योग्य व्यक्तिलाई राजनीतिक दलले उचित स्थान र जिम्मेवारी दिन कन्जुस्याइँ गरेको बताए ।

बालपन, किसुनजीको आमसभामा वामपन्थीको अवरोध, ट्र्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, चाक्सिबारीमा महासम्मेलन र जनआन्दोलन, नयाँ पुस्तामा नेतृत्व, यस्तै रहेछ राजनीतिसहित ३३ शीर्षकमा विभिन्न विषयवस्तु समेटिएको रु चार सय मूल्य राखिएको कृति दुई सय १६ पृष्ठको छ ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?