Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

कलंकीमा खुल्यो होटल पलाजो


३०,असार ,काठमाडौँ । काठमाडौँको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । करिब ५ करोडको लागतमा होटल पलाजो सञ्चालनमा आएको हो ।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल संचालनमा ल्याइएको होटलका संचालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए ।

देशी तथा विदेशी अतिथिलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको उनको दाबी छ । होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन् ।

रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ । होटलको शुभारम्भ शनिवार एक समारोहका बीच ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकद्वारा गरिएको थियो ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?