Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

कलंकीमा खुल्यो होटल पलाजो


३०,असार ,काठमाडौँ । काठमाडौँको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । करिब ५ करोडको लागतमा होटल पलाजो सञ्चालनमा आएको हो ।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल संचालनमा ल्याइएको होटलका संचालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए ।

देशी तथा विदेशी अतिथिलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको उनको दाबी छ । होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन् ।

रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ । होटलको शुभारम्भ शनिवार एक समारोहका बीच ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकद्वारा गरिएको थियो ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?