Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

बालबालिकालाई पालन गर्ने समाजसेवी अमरसिंह


३०,असार ,दमौली। तनहुँको भानु नगरपालिका–७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन् । गरिबीको रेखामुनी रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन् ।

उक्त बालगृहमा दश वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन् । बालगृहको मासिक खर्च रु ७५ हजारभन्दा बढी छ । सरकारी निकाय वा सङ्घसंस्थाले यो बालगृह सञ्चालन गरेको होइन । स्थानीय समाजसेवी ८५ वर्षीय गुरुङले यो बालगृह सञ्चालन गरिरहेका छन् ।

मासिकरुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आएका छन् । चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताए । उनले भने, “मलाई सामाजिक काम गर्न पहिलेदेखि रुची हो । गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु । मलाई आत्मसन्तुष्टि छ ।”

अपाङ्गता भएका बालबालिकालाई पनि बालगृहमा राख्न प्रयास गरिए पनि केही प्राविधिक कारणले त्यो सफल हुन नसकेको उनको भनाइ छ । गुरुङका छोराछोरी विदेशमा छन् । छोराछोरीले नै मासिकरुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको उनि बताउछन् । उनले भने, “कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगतरुपमा नै यसको व्यवस्थापन गरिरहेको छु ।”

गुरुङले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसकेका छन् । “५०÷६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच/छ रोपनी खेत बाँकी छ । त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु,” उनले भने । ८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय छन् भन्ने प्रश्नमा उनले भने, “राम्रो काम गर्नका लागि उमेर बाधक नबन्दो रहेछ, राम्रैसँग खटिरहेको छु जस्तो लाग्छ ।”

कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ । बालगृहको अवस्थाका बारेमा जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्नका लागि सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ । उनले भने, “एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो । असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?