Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

नेपाल पाकिस्तानसँग पराजित


२९ ,असार ,काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो ।

नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तान ए का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे । त्यस्तै कुशल मल्लले १ विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले एक सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले । सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे ।

यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो । प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए । पन्ध्र दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो । त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाए ।

गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे । त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए ।

त्यस्तै मुबासिर खानले एक विकेट लिए । जितसँगै पाकिस्तान ए टोली समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले आफनो दोस्रो खेलमा आगामी साउन १ गते भारत ए सँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।

टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?