Trending
>>   काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता >>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

शङ्कास्पद देखिएपछि विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाटै फर्काइयो


२८ असार, काठमाडाैँ । कागजातहरु शङ्कास्पद देखिएकाे भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको  हो ।

उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर  कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए

उनले भने, “यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्याैल हुनेछ ।”

त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?