Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अङ्कको गिरावट


२८ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता  शेयर रू तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ मूल्य बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटल रू १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१, हिमालयन लाइफ इन्स्योरेन्स रू १६ करोड १५ लाख नौ हजार, नेपाल दूरसञ्चार कम्पनी रू ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ र चिलिमे आइड्रोपावर कम्पनी रू सात करोड ५० लाख ९० हजार नौ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?