Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सुरक्षा कारबाहीमा नौ सैनिक र पाँच जना आतङ्ककारीको मृत्यु


२८ असार, एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् ।

पाकिस्तानी सेनाले सुरक्षा बल बलुचिस्तानसहित पाकिस्तानको शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई जनजातिबीच जारी झडपमा परी मृत्यु हुनेको सङ्या १३ पुगेको छ । बुधबार थप दुई जनाको मृत्यु भएको हो । हालसम्म ७४ जना घाइते भएका छन् । कुर्रममा लगातार छैटौँ दिन पनि जारी झडपमा थप पाँच जना घाइते भएका दैनिक समाचारपत्र डनलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

जिल्लाको बोसेहरा डाँडर क्षेत्रमा गत साता झडप सुरु भएको हो । जातीय द्वन्द्व अहिले खार कल्ले, बलेशखेल, पेवार, गिदु, तेरी मेङ्गल, कर्मान पारा चम्कनी, मकबल, कुञ्ज अलिजाईलगायत जिल्लाका अन्य भागमा फैलिएको छ ।

हिंसात्मक झडपका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रका जनताले खाद्यान्न, औषधि र इन्धनको अभाव भोग्नुपरेको छ । शैक्षिक संस्था बन्द हुँदा जनजीवन प्रभावित भएको छ । कुर्रमका सहायतक कमिश्नर सैयद सैफुल इस्लाम शाहले जनजातिका अग्रजहरूसँग शान्ति बहाली तथा झडप रोक्ने सम्बन्धमा सहकार्यको प्रयास भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?