Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

करीब तीन सय प्रहरी कारबाहीमा परे


२८ असार, वीरगञ्ज । आर्थिक वर्ष ०७९-८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अन्तरालमा मधेश प्रदेशका ८ वटै जिल्लामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरणविपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको छ ।

मधेश प्रदेशका आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको तथा आचरणविपरीत गर्ने २७३ जना प्रहरीलाई कारबाही गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

पुरस्कृत हुनेहरुमा छ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५–४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।

यसैगरी, १११ प्रहरी सहायक निरीक्षक, ५७ प्रहरी वरिष्ठ हवल्दार, ११३ प्रहरी हवल्दार, १६१ प्रहरी सहायक हवल्दार, १३४ प्रहरी जवान, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उनले जानकारी दिए । प्रहरी आचरणविपरीत कार्य गर्ने २ सय ७३ जना प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता÷सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म कारबाहीमा परेका छन् ।

तीमध्ये, छ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार, १०३ जना प्रहरी जवान, प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी छन् ।

आठै जिल्लाबाट १२८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, ८ जनालाई सेवा अन्त्य गराइएको छ ।

यसैगरी, ७ जनालाई सुरु स्केलमा घटुवा, ४ जना स्वतः निलम्बन र १–१ जनालाई सेवाबाट बर्खास्त गरिनुका साथै चाल–चलनमा प्रतिकूल राय नभएकोलाई कारवाही गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?