Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

करीब तीन सय प्रहरी कारबाहीमा परे


२८ असार, वीरगञ्ज । आर्थिक वर्ष ०७९-८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अन्तरालमा मधेश प्रदेशका ८ वटै जिल्लामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरणविपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको छ ।

मधेश प्रदेशका आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको तथा आचरणविपरीत गर्ने २७३ जना प्रहरीलाई कारबाही गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

पुरस्कृत हुनेहरुमा छ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५–४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।

यसैगरी, १११ प्रहरी सहायक निरीक्षक, ५७ प्रहरी वरिष्ठ हवल्दार, ११३ प्रहरी हवल्दार, १६१ प्रहरी सहायक हवल्दार, १३४ प्रहरी जवान, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उनले जानकारी दिए । प्रहरी आचरणविपरीत कार्य गर्ने २ सय ७३ जना प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता÷सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म कारबाहीमा परेका छन् ।

तीमध्ये, छ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार, १०३ जना प्रहरी जवान, प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी छन् ।

आठै जिल्लाबाट १२८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, ८ जनालाई सेवा अन्त्य गराइएको छ ।

यसैगरी, ७ जनालाई सुरु स्केलमा घटुवा, ४ जना स्वतः निलम्बन र १–१ जनालाई सेवाबाट बर्खास्त गरिनुका साथै चाल–चलनमा प्रतिकूल राय नभएकोलाई कारवाही गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?