Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विरिङ खोलामा बन्यो पक्की पुल


२८ असार, झापा । हुलाकी सडकअन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताए ।

उनले खोलामा पानीको बहाव बढेर ‘डाइभर्सन’ बगाएपछि साना सवारी साधन चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिए । पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन् । वर्षाैँदेखि वर्षातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएको उनको भनाइ छ ।

इञ्जीनीयर खतिवडाका अनुसार सो पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ । विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

उनले सो पुल मूल्य अभिवृद्धि करसहित रु १५ करोड ५० लाख ५८ हजारमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताए । हुलाकी सडकमा पर्ने आठ पुलमध्ये कनकाई र रतुवा खोलाको मात्र निर्माण सकिन बाँकी रहेको उनले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ । कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भई नसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन ।

पूर्वमेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई–मधेशका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?