Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विरिङ खोलामा बन्यो पक्की पुल


२८ असार, झापा । हुलाकी सडकअन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताए ।

उनले खोलामा पानीको बहाव बढेर ‘डाइभर्सन’ बगाएपछि साना सवारी साधन चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिए । पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन् । वर्षाैँदेखि वर्षातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएको उनको भनाइ छ ।

इञ्जीनीयर खतिवडाका अनुसार सो पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ । विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

उनले सो पुल मूल्य अभिवृद्धि करसहित रु १५ करोड ५० लाख ५८ हजारमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताए । हुलाकी सडकमा पर्ने आठ पुलमध्ये कनकाई र रतुवा खोलाको मात्र निर्माण सकिन बाँकी रहेको उनले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ । कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भई नसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन ।

पूर्वमेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई–मधेशका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?