Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा पुकुर्टी


२८,असार ,फुङ्लिङ । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन भएका छन् । यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पालाई चयन गरिएको छ ।

यसैगरी सदस्यमा राजन गौतम, देवेन्द्र बानियाँ, तेन्जीङ शेर्पा, पवित्रा सावादेन, दाखाङडु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई चयन भएका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, प्रेस युनियनका केन्द्रीय सदस्य भीमकुमार बाँस्कोटा, प्रदेश प्रतिनिधि लक्ष्मी गौतमलगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?