Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु


२८,असार ,दिपायल । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

घटना बेलुकी ६ः३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?