Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सीता दाहालको पार्थीव शरीरमा दुवै सदनका सभामुखद्वारा श्रद्धाञ्जली अर्पण


२७ असार, काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उनिहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । दाहालको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जली अर्पण गरेकी छन् । साथै नेकपा (एमाले)का उपाध्यक्षहरु सुवास नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरे ।

त्यसैगरी, नेकपा (माल)ेका महासचिव सिपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोहि पार्टीका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष मोहन बैद्यले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । हाल विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु श्रद्धाञ्जली अर्पणका लागि पेरिसडाँडा पुग्ने क्रम जारी छ

स्वर्गीय दाहाल माओवादी केन्द्रका सल्लाहकार समेत थिइन् । उनि लामो समयदेखि अस्वस्थ थिइन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?