Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बोनस पाइने लोभ देखाएर २१ वर्षीय महमदले बैंक खाताबाटै लुटे ११ लाख


२७ असार, मोरङ । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् ।

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म रु ११ लाख १२ हजार आठ सय रकमान्तर गरी ठगी गरेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिएको पाइएको छ ।

त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पारे । त्यसपछि पीडितहरूकै बैंक खातालगायत, ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताए ।

उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमार्फत थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?