Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

हत्या धम्की दिनेसँग ५ करोडको डिल गरेका थिए प्रसाईँले, यसरी झुक्याएर पक्राए


२७ ,असार ,काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई अपरिचित नम्बरबाट तीन हप्ताअगाडि फोन आयो । फोन गर्ने व्यक्तिले सीधै भने- तपाईंको हत्या योजना छ । ज्यानको माया छ भने ३० करोड रूपैयाँ ठीक पार्नुस् ।

धम्कीबाट अलिकति तर्सिए पनि प्रसाईं हड्बडाएनन् । उनले तत्कालै प्रहरीमा जानकारी गराए । सीडीओ कार्यालयदेखि हनुमान ढोकासम्म पुगे । हनुमानढोकाले वानेश्वर वृत्तलाई लेख्यो । साइबरब्युरोमा पनि कुरा पुग्यो । तर, यो प्रक्रियाबाट जाँदा ढिलासुस्ती हुने देखेपछि प्रसाईँ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा गए ।

सीआईबीका डीएसपी रुगम कुँवरले यसमा तदारुकताका साथ एक्सन लिएको प्रसाईँ बताउँछन् । उनले  धम्की दिनेलाई २४ घन्टाभित्र पक्राउ गर्ने आश्वासन दिए ।

यता धम्की दिनेले लगातार फोन र म्यासेज गरिरहेको थियो । सुरूमा त प्रसाईं आफैंले उसलाई मुख छाडेर गाली गरे । तर, धम्की दिने व्यक्ति हच्किएन । त्यसपछि उनले अर्को योजना बनाए । आफूले ५ करोडसम्म दिन सक्ने बताए । उसले ‘लास्ट ६ करोड’ भन्यो । तर, प्रसाईँ मानेनन् । अन्तमा ५ करोडकै सहमति भयो ।

‘महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर अगाडि पैसा लिएर आउनुस् । त्यहाँ एउटा गाडी आउँछ । त्यसमा पैसा राखिदिएर जानुस्,’ प्रसाईलाई निर्देशन दिइयो । उनले हुन्छ भने र सीआईबीलाई जानकारी गराए ।

आजै बिहानबाट प्रसाईंका मान्छेहरू उसले भनेको एरियामा परिचालन भइसकेका थिए । ९ बजेतिर प्रसाईं आफैं ‘पैसाको ब्याग’ बोकेर आफ्नो दलबलसहित पूर्वनिर्धारित स्थानमा आइपुगे । फोनमा कुराकानी भइरहेको थियो । सीआईबीको टोली पनि त्यहाँ पुगेर प्रतीक्षामा बस्यो । करिब साढे ९ बजे एउटा गाडी तोकिएको ठाउँमा रोकियो । गाडीभित्र ड्राइभरमात्र थिए । प्रसाईंका कार्यकर्ताले ‘पैसाको ब्याग’ लाई गाडीको डिक्कीमा राखे । त्यसपछि ड्राइभरलाई फोन गर्न लगाइयो । ड्राइभरले पैसा पाएको निश्चित गरे ।

त्यसलगत्तै दुईवटा मोटरसाइकल घटनास्थलमा आए । उनीहरूले बाइकबाट उत्रेर गाडीबाट पैसा निकाल्न खोज्दा प्रहरी र प्रसाईका मान्छेले घेरिहाले । प्रहरीले तीनैजनालाई पक्राउ गरेर लग्यो ।
प्रसाईले ल्याएको ब्याग पैसाले भरिएको भने थिएन । माथि-माथि केही नोटहहरू हालेर तल कागजहरू खाँदेका थिए । त्यही जुक्तिले उनी अपराधी पक्राउन सफल भए ।

यो घटनाका पछाडि ठूलो गिरोह नै हुन सक्ने प्रसाईंको आशंका छ ।

उनी भन्छन्, ‘म हातहतियारसहितको सेक्यूरिटीमा हिँड्ने मान्छेलाई नै धम्क्याएर पैसा माग्ने भने पनि यो चानचुने गिरोह होइन ।’

प्रहरीलाई खबर गर्दा डर लागेन भन्ने प्रश्नमा प्रसाईंको जवाफ छ, ‘म कसैसँग डराउने मान्छे होइन, कुरा बुझ्नुभो ? म त जनयुद्धमा आर्मीसँग भिडेर आएको मान्छे, किन डराउँछु ? अन्याय र अत्याचारको विरुद्ध लडेको मान्छे हुँ । मर्नकै लागि निस्किएको हो ।’


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?