Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी


२६ ,असार ,काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सैलुङ बागढुङ्गा क्लबलाई हराएको थियो । खेलमा पुलिसले दावाली मिलन क्लबमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो सेट २५–१९ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–१७ ले पराजित गर्यो ।

यस जितसँग पुलिसले ३ खेलमा ८ अङ्क जोडेको छ । यस हारसँगै लगातार चार खेलमा पराजित भएको दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिकरुपमा बाहिरिएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?