Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी


२६ ,असार ,काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सैलुङ बागढुङ्गा क्लबलाई हराएको थियो । खेलमा पुलिसले दावाली मिलन क्लबमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो सेट २५–१९ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–१७ ले पराजित गर्यो ।

यस जितसँग पुलिसले ३ खेलमा ८ अङ्क जोडेको छ । यस हारसँगै लगातार चार खेलमा पराजित भएको दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिकरुपमा बाहिरिएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?