Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

वीरेन्द्र जैसीले अनशन तोडे, उपचारको जिम्मा लिने गृहमन्त्रीको प्रतिबद्धता


२६ ,असार ,काठमाडौँ । कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीको हिजोदेखि अनसन तोडेका छन् ।

२०७३ साल फागुन १ गते घाइते भएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत बस्दै आएका थिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजो वीरेन्द्र जैसीको अनशन तोडाउएका छन् ।

वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो । हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ ।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए ।

हिजोदेखि भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार सुरु गरिएको जनाइएको छ । अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?