Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

युनिसेफका लागि नेपाल प्रतिनिधिमा अकुङ्गा नियुक्त


२५ असार ,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका लागि नयाँ देशीय प्रतिनिधिमा केन्याली नागरिक एलिस अकुङ्गालाई नियुक्त गरेको छ ।

नवनियुक्त प्रतिनिधि अकुङ्गाले आज परराष्ट्रमन्त्री एनपी साउदसमक्ष उनको कार्यकक्षमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकि छन् । अकुङ्गासँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, स्वाटिनी, माल्दिभ्स र अफ्गानिस्तानमा गरी दुई दशकभन्दा लामो काम गरेको अनुभव छ ।

आफ्ना कामका क्रममा अकुङ्गाले विशेषगरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आएकि छन् । उनले दुर्गम र कठिन क्षेत्रमा जीवन रक्षाका लागि आवश्यक मानवीय सहयोगहरू पुर्याउने युनिसेफको प्रयासको संयोजन र कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेकि छन् ।

ती प्रयासमा विद्यमान द्वन्द्व र कोभिड–१९ महामारीका चुनौतीहरूबीच अन्य क्षेत्र सँगसँगै स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाइ एवं संरक्षणका क्षेत्रमा बालबालिकाका जरुरी आवश्यकता सम्बोधन भएको सुनिश्चित गर्ने कामसमेत पर्दछ ।

उनिसँग बालबालिकाको संरक्षण र उनीहरूको स्थितिमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्द्धन, प्रणालीगत सवलीकरण साथै दीगो जलवायु परिवर्तन प्रतिकार्य जस्ता काममा सरकार र अन्य साझेदारसँग हातेमालो गरी काम गरेको अनुभवसमेत रहेको युनिसेफ नेपालले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?