Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

२३ अफगानीको आप्रवासी तस्करबाट उद्धार


२५ असार, एजेन्सी । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पुर्याएको अभियोजनकर्ताहरूले बताएका छन् ।

तर पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले आफ्नो पैसा ठगेर एउटा घरमा अलपत्र छोडेको सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई खाना र उचित बासको प्रवन्ध नगरिकन सबै जनालाई एउटै घरमा छोठिदिएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी त्यहाँ छोडिएकामध्ये दुई महिनाको शिशुसहित चार जना बालबालिकाको मृत्यु भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

अभियोजनकर्ताहरूले आप्रवासीहरूले तस्करहरूलाई कति रकम तिरेका थिए भन्ने बारे केही बताएका छैनन् ।

इक्वेडरसँगको पेरूको उत्तरी सीमा नजिकैको टम्बेस शहरमा जानुअघि अफगानीहरूलाई क्षेत्रीय शहरमा स्थानान्तरण गरिने र त्यसपछि राजधानी लिमामा लगिने विश्वास दिलाइएको थियो ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?