Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित


२५ असार, एजेन्सी । बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताउनुभएको थियो ।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ ।

बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ ।

“बिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ ।”

बीबीसीले भनेको छ, “यो जटिल तर द्रूत गतिमा चलिरहेको परिस्थिति हो र उचित अर्को कदमहरूलाई सही तरिकाले सूचित गर्न सकियोस् भनी बीबीसीले यथाशीघ्र तथ्यहरू स्थापित गर्न काम गरिरहेको छ ।”

बीबीसीले ‘कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको’ र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया’ रहेको बताएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?