Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित


२५ असार, एजेन्सी । बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताउनुभएको थियो ।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ ।

बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ ।

“बिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ ।”

बीबीसीले भनेको छ, “यो जटिल तर द्रूत गतिमा चलिरहेको परिस्थिति हो र उचित अर्को कदमहरूलाई सही तरिकाले सूचित गर्न सकियोस् भनी बीबीसीले यथाशीघ्र तथ्यहरू स्थापित गर्न काम गरिरहेको छ ।”

बीबीसीले ‘कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको’ र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया’ रहेको बताएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?