Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

पूर्वप्राथमिक विद्यालयमा आक्रमण हुँदा छ जनाको मृत्यु


२५ असार, काठमाडाैँ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।

उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिनुभएको छैन ।

“घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” उनले भने ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।”

चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो ।

अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।

बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।

चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीब बीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?