Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

पूर्वप्राथमिक विद्यालयमा आक्रमण हुँदा छ जनाको मृत्यु


२५ असार, काठमाडाैँ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।

उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिनुभएको छैन ।

“घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” उनले भने ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।”

चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो ।

अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।

बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।

चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीब बीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?