Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

ललिता निवास प्रकरण : विराटनगर जान लागेका सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ


२४ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उक्त प्रकरणमा जोडिएको आराेपमा उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

विराटनगर जानका लागि बोर्डिङ पास लिएर बसिरहेको अवस्थामा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो  ।

उनी माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको अभियोग उनिमाथि छ ।

सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?