Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

न्यायाधीश नियुक्तिको विषय छिट्टै टुंगो लाग्छ : प्रधानन्यायाधीश कार्की


२४ असार, काठमाडाैँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए ।

उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए ।

“जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्”, उनले भने, “आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार  छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ”, उनले भने ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?