Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


२४ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू १६ करोड ३६ लाख ५१ हजार एक सय ४३, सोल्टी होटल रू १४ करोड आठ लाख ४८ हजार आठ सय २६, अरुण काबेली पावर रू १२ करोड एक लाख ९८ हजार नौ सय ३६ र माथिल्लो तामाकोशी रू १० करोड ६२ लाख ६८ हजार चार सय ४३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, रावा इनर्जी नौ दशमलव ९८, सिटी होटल नौ दशमलव ५१, प्रभु बैंकको ऋणपत्र आठ दशमलव २२, सनराइज बैंकको ऋणपत्र आठ दशमलव २१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, माथिल्लो तामाकोशी छ दशमलव ६५, बीपीडब्ल्यू लघुवित्त चार दशमलव ४३, लिवर्टी इनर्जी तीन दशमलव ६०, जोशी हाइड्रोपावर तीन दशमलव ४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?