Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन


२४ असार, काठमाडाैँ । मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले वैशाख २० गते ल्याएको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि पीडित आन्दोलित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधले गर्दा संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित हुनुपर्ने विधेयक पारित हुन नसकेको हो । गत बुधबार कार्यसूची अनुसार पारित हुन नसक्दा विधेयक निष्क्रिय भएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?