Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन


२४ असार, काठमाडाैँ । मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले वैशाख २० गते ल्याएको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि पीडित आन्दोलित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधले गर्दा संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित हुनुपर्ने विधेयक पारित हुन नसकेको हो । गत बुधबार कार्यसूची अनुसार पारित हुन नसक्दा विधेयक निष्क्रिय भएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?