Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको छैन आभास


२४ असार, एजेन्सी । युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् ।

युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।

जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ ।

दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भने, “रूसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।”

मोराखोवस्काले भने, “म देख्छु हाम्रो सेना कसरी अगाडि बढ्छ । यो बर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैं सोच्छु । तर के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ ।”

उनले एएफपीसँग भने, “यो सत्यको लागि लडाईं हो । जीत कठिन छ तर हामी कुनै दिन अवश्य जित्नेछौँ ।”

पश्चिमी सैन्य सहायताको रूपमा अरबौं युरो प्राप्त गरे तापनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ ।

गत वर्ष युक्रेनको सेनाले गत सेप्टेम्बरमा खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकू विमानका लागि दबाब दिएका छन् ।

“आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर पनि हामी अगाडि बढिरहेका छौं,” यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?