Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

इरानमा सिराज दरगाहमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय


२४ असार, एजेन्सी । इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ ।

गत अक्टोबर २६ मा शाह चेरागको शिया मुस्लिम दरगाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।

“शाह चेराग आतङ्कवादी हमलाका दुई जना दोषीलाई आज बिहान सार्वजनिक रुपमा मृत्युदण्डको सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

सरकारी समाचार संस्था इरनाका अनुसार अदालतको फैसला अनुसार फारस प्रान्तको राजधानी शिराजस्थित दरगाह नजिकैको सडकमा उनीहरुलाई झुण्ड्याइएको छ । मिजानका अनुसार फाँसी दिइएकाहरू मोहम्मद रमेज रशीदी र नईम हाशेम कताली रहेका छन् ।

इरानले यसअघि उक्त आक्रमणमा छिमेकी अफगानिस्तानलगायत अन्य मुलुकका नागरिक सम्लग्न रहेको बताएको थियो तर मृत्युदण्ड दिइएका व्यक्तिको राष्ट्रियता तत्काल सार्वजनिक गरिएको थिएन ।

अफगानिस्तान र पाकिस्तानसँग सीमा जोडिएको इरानको उक्त क्षेत्र अशान्तिको केन्द्र बनेको र शनिबार चार जना आक्रमणकारीले सुन्नी बाहुल्य रहेको शहर जाहेदानमा दुई इरानी प्रहरीको हत्या गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?