Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

इरानमा सिराज दरगाहमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय


२४ असार, एजेन्सी । इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ ।

गत अक्टोबर २६ मा शाह चेरागको शिया मुस्लिम दरगाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।

“शाह चेराग आतङ्कवादी हमलाका दुई जना दोषीलाई आज बिहान सार्वजनिक रुपमा मृत्युदण्डको सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

सरकारी समाचार संस्था इरनाका अनुसार अदालतको फैसला अनुसार फारस प्रान्तको राजधानी शिराजस्थित दरगाह नजिकैको सडकमा उनीहरुलाई झुण्ड्याइएको छ । मिजानका अनुसार फाँसी दिइएकाहरू मोहम्मद रमेज रशीदी र नईम हाशेम कताली रहेका छन् ।

इरानले यसअघि उक्त आक्रमणमा छिमेकी अफगानिस्तानलगायत अन्य मुलुकका नागरिक सम्लग्न रहेको बताएको थियो तर मृत्युदण्ड दिइएका व्यक्तिको राष्ट्रियता तत्काल सार्वजनिक गरिएको थिएन ।

अफगानिस्तान र पाकिस्तानसँग सीमा जोडिएको इरानको उक्त क्षेत्र अशान्तिको केन्द्र बनेको र शनिबार चार जना आक्रमणकारीले सुन्नी बाहुल्य रहेको शहर जाहेदानमा दुई इरानी प्रहरीको हत्या गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?