Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु


२४ असार, एजेन्सी । ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच, आठ, बाह्र र सोह्र थियो । उद्धारकर्मीले शनिबार बिहान १९ वर्षीय एक युवकको शव लाई भग्नावशेषबाट बाहिर निकालेको छ ।

एसडीएसका अनुसार राज्यको राजधानी रिसिफको बाहिरी इलाकामा रहेको जाङ्गा जिल्लामा अर्को एउटा भवन भत्किएर भग्नावशेषमा पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य पाँच जना अझै हराइरहेका छन् ।

जाङ्गा ब्राजिलको पर्नाम्बुको राज्यको पाउलिस्टा शहरको छिमेकी जिल्ला हो । एसडीएसले आफ्नो फेसबुक पेजमा कन्जुन्टो बेइरा मार भवनमा शुक्रबारदेखि जारी उद्धार प्रयासमा सहयोग गर्न अग्निनियन्त्रक र सार्वजनिक सुरक्षा टोलीहरू यस क्षेत्रमा पठाइएको जनाएको थियो ।

भूकम्पका कारण भएका क्षतिबारे थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?