Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

रबिन तामाङको आज अन्त्येष्टी गरिने


२४ असार, काठमाडाैँ । चर्चित रक गायक रबिन तामाङको आज अन्त्येष्टी गरिने भएको छ ।

गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता तामाङको आज तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने जानकारी दिइएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि अन्तिम संस्कारअघि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिनेछ ।

गत मंगलबार साँझ तामाङ बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए । उनको मृत्युको कारण मुटु सम्बन्धि समस्या हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

६० वर्षीय तामाङ ‘रविन एण्ड द न्यु रिभोलुसन’ ब्याण्डका भोकलिस्ट हुन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?