Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

केबुलकारमा १० घण्टा अड्किए यात्रु


२३ असार, एजेन्सी । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई उद्धार गरिएको छ ।

क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ ।

विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबुलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए ।

करिब चार हजार मिटर (१३,१२० फिट) को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि केबुलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबुलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुइँमा आएका थिए ।

उक्त केबुलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल) को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार एक सय मिटरमा रहेको छ ।

नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबुलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ । बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबुलकारहरू सुरक्षित रूपमा भुइँमा फर्केपछि कम्बल ओढाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?