Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’


२३ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ ।

चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिनभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, उनले भने ।

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनले भनिन्, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उनले आमाको भूमिका निर्वाह गरेकी छन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?