Trending
>>   नेपाल र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरणका लागि सम्झौता >>   अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा >>   युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु >>   त्रिशूलीमा ट्रक खस्यो >>   आज मिति २०८१ साल मङ्सिर ०४ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन
Logo
४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने


२३ असार, काठमाडाैँ । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ ।

विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०÷२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ । इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ ।

नयाँ कार्यक्रमको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले पाठ्यक्रमका बारेमा छलफल गरी अन्तिम रुप दिएको छ । समितिले स्नातकोत्तर तहमा ‘अर्थक्वेक इञ्जिनियरिङ’को पाठ्यक्रमलाई परिमार्जन गरेको छ । समितिले विभिन्न विषयविज्ञसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिएको हो । समितिमा पाठ्यक्रमसम्बन्धी विज्ञ, टिप्पणीकर्ता, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डययन प्राधिकरण, नेपाल कन्स्ट्रक्सन एशोसियसन, नेपाल उद्योग परिसङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो ।

पाठ्यक्रमलाई अन्तिमरुप दिन आयोजित कार्यक्रममा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले विश्वविद्यालय तथा औद्योगिक क्षेत्र जोड्न उपयोगी पाठ्यक्रम बनेकामा खुसी व्यक्त गरे । उनले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा पाठ्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयले स्नातक तहमा इञ्जिनियरिङ सङ्कायअन्तर्गत सिभिल, इलेक्ट्रिकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटरलगायत विषय अध्ययन गराउँदै आएको छ । प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरी विश्वविद्यालयले स्वदेशको माग पूर्ति गर्दै आइरहेको छ । विश्वविद्यालयले स्नातक तहको सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी आगामी १० वर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य ‘इन्टर्नसीप’को व्यवस्था गरेको छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?