Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२४ फाल्गुन २०८२, आईतवार
२४ फाल्गुन २०८२, आईतवार

रक्षा सचिवद्वारा कङ्गोमा तैनाथ सैनिक फौजको निरीक्षण भ्रमण


२१ असार ,काठमाडौँ । रक्षा सचिव किरणराज शर्मा नेतृत्वको टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ नेपाली सेनाका युनिटहरूको अपरेशनल तथा बन्दोबस्ती पक्षहरूको निरीक्षण भ्रमण गरेको छ ।

सचिव शर्माको नेतृत्वमा यही १८ गते छ सदस्यीय टोली कङ्गो प्रस्थान गरेको थियो । भ्रमणदलले उक्त मिशनको महासचिवका उपविशेष प्रतिनिधि खासिम डाइग्ने तथा अन्य अधिकारीसँग भेटघाट गरेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटघाटका दौरान त्यहाँको मिसनका अधिकारीहरूले नेपाली शान्ति सैनिकले मिसनको म्यान्डेडअनुरुप प्रदर्शन गरेको व्यावसायिकता तथा योगदानको उच्च प्रशंसा गरेका थिए।

सोही क्रममा रक्षा सचिव शर्माले भविष्यमा समेत नेपालले विश्व शान्ति कार्यमा योगदान पुर्याउने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने नेपाल सरकारको नीतिबारे जानकारी गराउँदै शान्ति स्थापनार्थ तैनाथ फौजका विविध कठिनाइका विषयमा संयुक्त राष्ट्रसङ्घको तर्फबाट हुनुपर्ने पहलका बारे ध्यानाकर्षण गराएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका तीनवटा छुट्टाछुट्टै युनिट तैनाथ रहेका छन् भने स्टाफ अधिकृत तथा सैनिक पर्यवेक्षकसहित कुल एक हजार एक सय ५४ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।

भ्रमणदलमा रक्षा सचिवसँगै उपरथी प्रेमध्वज अधिकारीलगायत रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू संलग्न छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?